
विराटनगर । विराटनगरको बाल संसार इङ्ग्लिस बोर्डिङ स्कुलमा सप्ताहव्यापी स्पोर्टस् मिट सम्पन्न भएको छ ।
गत पुस २४ गतेदेखि विद्यालयमा आयोजित वार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको प्रिन्सिपल खड्ग राईले जानकारी दिए ।
खेलकुद कार्यक्रममा विद्यार्थीहरूले टेबल टेनिस, ब्याडमिन्टन, स्पुनरेश, २ सय मिटर दौड, डज बल, म्युजिक चेयर, चकलेट दौड, हिसाब दौड, बेलुन दौड, हट पोटेटो, कप टावर, पजल सल्भिङ आदि खेलमा सहभागिता जनाएको प्रिन्सिपल राईले बताए ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो ।
खेलकुद कार्यक्रममा कक्षा पीजीदेखि कक्षा ५ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । बाल संसारले हरेक वर्ष विद्यार्थीको क्षमता विकासका लागि पठनपाठनका साथसाथै खेलकुद सहितका विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

























