बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १, बिहीबार १९:४०
बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोड । झापाको बिर्तामोडमा सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता २ दिने हुनेछ ।

आयोजक झापा क्रिकेट क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार प्रतियोगिता माघ ३ र ४ गते हुनेछ भने मिसन झापाले सञ्चालन गर्नेछ ।

प्रतियोगितामा १० देखि १५ वटा टिमको सहभागिता रहने क्लबका सचिव सुरज खड्काले जानकारी दिए । सहभागी टिमको टुंगो माघ ३ गते बिहान मात्र लाग्ने बताइएको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ३५ हजार, ट्रफी र मेडल पाउनेछ ।

त्यस्तै, उत्कृष्ट ब्याटम्यान, उत्कृष्ट बलर र उत्कृष्ट विकेटकिपर नगद पाँच हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार, ट्रफी र मेडल प्रदान गरिने अध्यक्ष झाले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×