बेलबारी महोत्सवको : ४० हजार दर्शकले गरे अवलोकन, ५० लाखको कारोबार

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १४:०१
बेलबारी महोत्सवको : ४० हजार दर्शकले गरे अवलोकन, ५० लाखको कारोबार

बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी  ‘तेस्रो बेलबारी महोत्सव’ उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सवमा प्रवेश गर्दा दर्शकहरूको आकर्षण र आर्थिक गतिविधि दुवैमा वृद्धि भएको छ ।

बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रका अनुसार महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै आर्थिक कारोबार पनि सन्तोषजनक रहेको मिश्रले जानकारी दिए ।

‘महोत्सवको सातौँ दिनसम्म ५० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको छ,’ उनले भने । महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटेलका स्टल गरी कूल ६५ वटा स्टलहरू सञ्चालनमा रहेका छन् ।

महोत्सवलाई रोचक बनाउन दैनिक रूपमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् । दिउँसोको समयमा विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, साहित्यिक कार्यक्रम तथा अन्य सांस्कृतिक गतिविधिहरू हुने गरेका छन् भने साँझको समयमा साँगीतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिने गरेको छ ।

महोत्सवको शनिबार (आज) को विशेष आकर्षण चर्चित गायिका तृष्णा गुरुङको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई मनोरञ्जनका साथै चेतनामूलक बनाउने उद्देश्यले आगामी आइतबार हात्ती विज्ञहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम समेत तय गरिएको छ । उक्त कार्यक्रममा हात्तीको आहारा, यसको संरक्षण र प्राविधिक पक्षबारे विज्ञहरूसँग छलफल गरिनेछ ।

स्थानीय व्यापार, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यो महोत्सव आगामी माघ ५ गतेसम्म जारी रहनेछ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.