राष्ट्रिय फुल कन्ट्याक्ट कराँते भोलिदेखि

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ३, शनिबार १८:१५
राष्ट्रिय फुल कन्ट्याक्ट कराँते भोलिदेखि

काठमाडौं । नेपाल क्योकुसिन कराँते डो संघ वज्रको आयोजनामा २४ औँ राष्ट्रिय पुरुष खुला तथा १८ औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको छ ।

पुरुषमा खुला तौल समूह तथा महिलामा ६० केजीमुनि र ६० केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी दिए । हरेक स्पर्धामा शीर्ष चार स्थानमा रहने क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

वज्र फाइटमा ५ तौल समूहमा भिडन्त हुनेछ । पुरुषमा ३ र महिलामा २ स्पर्धामा खेल हुनेछ । पाँचै स्पर्धामा नगद पुरस्कार रहेको छ ।

प्रतियोगितामा सातै प्रदेश, नेपाल आर्मी र एपीएफबाट करिब १ सय खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×