सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ४, आइतबार १०:५२

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ४ गते) अन्तिम दिन हो। कम्पनीले गत पुस २९ गतेदेखि कुल ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ।

कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोअर सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ।  आयोजनाले २०८२ साउन २४ गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसकेको छ। यो त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यसमा विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको समेत लगानी छ।

कम्पनीमा गोविन्दलाल संघाई (८.१६%), नितेश अग्रवाल (७.०९%) र रामचन्द्र संघाई (४.९३%) को शेयर लगानी छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष हुन्। सुरुमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेको यस आयोजनामा पछि नेपाली लगानीकर्ताहरूले स्वामित्व खरिद गरेका हुन्। कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.