धान उत्पादनमा ४ प्रतिशतले कमी

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १२:४६

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटनले कमी हुने प्रक्षेपण गरेको छ। देशभर धान बाली लगाइएको क्षेत्रफल र उत्पादकत्व दुवै घटेका कारण यस वर्ष कुल ५७ लाख पाँच हजार १२६ मेट्रिकटन मात्र धान उत्पादन हुने देखिएको छ। गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिकटन उत्पादन भएकोमा यस पटक ४.२० प्रतिशतले ह्रास आएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिएका छन्।

मन्त्रालयको तथ्याङ्क अनुसार धान बाली भित्र्याइएको क्षेत्रफलमा पनि उल्लेख्य गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान खेती गरिएकोमा चालु आर्थिक वर्षमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार ८७२ हेक्टर कायम भएको छ।

युवा पलायन, बढ्दो बसाइसराइ, खेतीयोग्य जमिनको प्लटिङ तथा औद्योगिक र भौतिक पूर्वाधार निर्माणमा जमिनको प्रयोग बढ्नाले धान खेतीको क्षेत्रफल घटेको हो। यसबाहेक फलफूल र नगदे बालीतर्फ कृषकको आकर्षण बढ्नुलाई पनि क्षेत्रफल घट्नुको अर्को कारण मानिएको छ।

विशेष गरी मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले उत्पादनमा ठुलो असर पारेको छ। खडेरीका कारण लक्ष्य अनुसारको क्षेत्रफलमा धान रोप्न नसकिएको र त्यसले समग्र राष्ट्रिय उत्पादनमै प्रभाव पारेको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा उन्नत बीउ र मलखादको उपलब्धता पर्याप्त भए पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा गिरावट आएको सूचना अधिकारी जोशीले स्पष्ट पारेका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.