‘कोशी कनेक्ट’ मिशन : पहाड र तराईका उद्यमीबीच सहकार्यको नयाँ ढाँचा

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १६:१८

विराटनगर । उद्योग संगठन मोरङले कोशी प्रदेशको औद्योगिक विकास र क्षेत्रीय व्यवसायबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सफलतापूर्वक सम्पन्न भएको छ। माघ २ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले संगठनको प्रतिनिधिमण्डललाई बिदाइ गरेसँगै सुरु भएको यो अभियान माघ ४ गते सम्पन्न भएको हो। यस मिशनले तराई र पहाडी जिल्लाका व्यवसायीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउनुका साथै लगानीका नयाँ सम्भावनाहरू उजागर गरेको संगठनले जनाएको छ।

भ्रमणको पहिलो दिन माघ २ गते उदयपुर पुगेको प्रतिनिधिमण्डलले त्रियुगा उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीसँग बीटुबी (B2B) बैठक सम्पन्न गरेको थियो। सो अवसरमा उदयपुरमा उत्पादित वस्तुहरूलाई प्रशोधन उद्योगमार्फत मूल्य अभिवृद्धि गरी किसान र उद्यमी दुवैलाई लाभ पुर्‍याउने विषयमा विस्तृत छलफल भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए। उदयपुरमा उद्योग क्लस्टर विकास गर्न र निजी क्षेत्रको लगानी तथा ज्ञान भित्र्याउन संगठन र संघले आगामी दिनमा संयुक्त पहल गर्ने सहमतिसमेत भएको छ।

भ्रमणको दोस्रो दिन माघ ३ गते खोटाङ उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीसँग भएको छलफल धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनमा केन्द्रित रहेको थियो। अध्यक्ष राठीका अनुसार खोटाङमा होटल तथा होमस्टे विकासको प्रचुर सम्भावना रहेकाले त्यसमा सहकार्य गर्ने र स्थानीय उत्पादनको वितरण प्रणालीलाई मजबुत बनाउँदै व्यवसायलाई प्रतिस्पर्धी बनाउने विषयमा सहमति जुटेको छ। त्यस्तै, अन्तिम दिन माघ ४ गते भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग आपसी व्यापार सुदृढ गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र पहाड एवं तराईलाई साझा विकासको दिशामा अघि बढाउने विषयमा महत्त्वपूर्ण संवाद भएको छ।

यस व्यावसायिक अभियानले अन्तरजिल्ला व्यापारिक सञ्जाल स्थापना, स्वदेशी उत्पादनको बजार विस्तार र आर्थिक एजेन्डामा साझा धारणा निर्माण गर्न ठूलो सहयोग पुर्‍याएको संगठनका महानिर्देशक चुडामणि भट्टराईले बताए। मिशनमा संगठनका निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोइराला, कोषाध्यक्ष पारस लुनियासहित कार्यसमिति सदस्यहरू र युवा तथा महिला उद्यमीहरूको बाक्लो सहभागिता रहेको थियो। यस अभियानले कोशी प्रदेशका निजी क्षेत्रबीच दिगो व्यावसायिक साझेदारी निर्माणमा नयाँ इँटा थपेको संगठनको निष्कर्ष छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.