विराटनगर क्रिकेट लिग : सिद्धार्थ र विराट एकेडेमी समूहमा शीर्ष स्थानमा 

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १७:३९
विराटनगर क्रिकेट लिग : सिद्धार्थ र विराट एकेडेमी समूहमा शीर्ष स्थानमा 

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको विराटनगर क्रिकेट लिगमा सिद्धार्थ स्पोर्टिङ क्लब र  विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा सिद्धार्थले कटहरी क्रिकेट एकेडेमीलाई ३९ रनले हराउँदै ४ अंकसाथ समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । ३ खेल खेलेको कटहरीले १ मा जित र २ खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह ‘बी’ कै डाइनामिकले १ खेलमा  जित र १ मा हारसँग २ अंक बटुलेको छ भने लायन क्रिकेट एकेडेमी १ खेलमा पराजय भोग्दै तालिकाको अन्तिममा रहेको छ ।

टस हार्दै पहिलो ब्याटिङको अवसर पाएको सिद्धार्थले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा १ सय ३२ रनको योगफल बनाएको थियो । सिद्धार्थका लागि फिर्दाेश अन्सारीले ३२ रन, साहेब आलमले २७ रन र निरज मुखियाले २४ रन बनाए । बलिङमा कटहरीका विशाल आचार्यले २ विकेट तथा सुरज मुखिया, प्रसिद्ध मण्डल र आस्विन कामतले १–१ विकेट लिए ।

जवाफमा १ सय ३३ रनको लक्ष्य पछ्याएको कटहरीले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ९३ रनमै समेटियो । कटहरीका आश्विन कामतले ४२ रन र विशाल आचार्यले २० रन जोडे । सिद्धार्थका दीपेश कँडेलले ३ विकेट तथा फिर्दोश अन्सारी र निरज मुखियाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका दीपेश कँडेल भए ।

त्यस्तै, समूह ‘ए’ अन्तर्गत दिनको दोस्रो खेलमा विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले विराट क्रिकेट एकेडेमीलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै २ अंक जोडेको छ । २ खेल खेलेको विराट क्रिकेट एकेडेमी १ मा जित र १ खेलमा पराजित हुँदै नेट रन नेटमा शीर्ष स्थान यथावत रहेको छ भने विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले पहिलो खेलमा जित निकाल्दै दोस्रो स्थानमा छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको विराटनगरले १ ओभरमा १ विकेट गुमाई १० रन बनायो भने विराटले ५ बलमा २ विकेट गुमाई ५ रन मात्र बनाएपछि ५ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको विराटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रनको सामान्य योगफल तयार पारेको थियो । विराटका लव कामतले ३४ रन, अनिष राजवंशीले २१ रन र दीपक पासवानले १५ रन बनाए । विराटनगरका  प्रशान्त साह र सुजन थपलियाले ३–३ विकेट लिए भने रितेश झाले २ विकेट लिए ।

जवाफमा ९९ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ९८ बनाएपछि खेल सुपर ओभरमा गएको थियो । विराटनगरका ऋतिक कामतले ५१ रन र कमलदेव चौधरीले १७ रन बनाए । विराटका श्रवण यादवले ४ विकेट र अमन यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटका विशाल ढकाल भए

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.