भारतमा नेपाललाई २ स्वर्णसहित ५ पदक

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार ०९:०८
भारतमा नेपाललाई २ स्वर्णसहित ५ पदक

काठमाडौं । भारतको सोनिपतमा आयोजना भएको इन्डिया कप नेचुरल स्ट्रोङ पावरलिफ्टिङमा नेपाललाई २ स्वर्ण र ३ रजतसहित ५ पदक जितेको छ । 

राष्ट्रिय खेलकुद परिषद्का पूर्व शारीरिक सुगठनका प्रशिक्षकसमेत रहेका ज्ञानेन्द्र नकर्मीका अनुसार मास्टर्स ५ तर्फको विधामा उनैले स्वर्ण पदक प्राप्त गरेका हुन् । यस्तै, मास्टर्स ४ तर्फको विधामा विकास प्रधानले १ स्वर्ण र २ रजत तथा रोजिन नकर्मीले ७५ केजी सिनियरतर्फ रजत पदक प्राप्त गरे ।  

ज्ञानेन्द्र नकर्मी र रोजिन नकर्मी बाबु छोरा हुन् । नकर्मी बाबु छोराले विगतमा पनि इन्डिया कपमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जोड्दै आइरहेका छन् । 

भारत पावरलिफ्टिङ संघको निमन्त्रणमा ज्ञानेन्द्रको नेतृत्वमा ५ सदस्यीय टोली गएको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×