विराटनगर क्रिकेट लिग: इलाइटको पहिलो जित

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ६, मंगलबार १७:२१
विराटनगर क्रिकेट लिग: इलाइटको पहिलो जित

विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगितामा इलाइट क्रिकेट क्लबले विजयी भएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा इलाइटले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

यसअघि इलाइटले १ खेलमा पराजित भएको थियो । इलाइट समूह ‘ए’ मा २ अंकका साथ तेस्रो स्थान छ भने विराट क्रिकेट एकेडेमी शीर्ष स्थान र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी दोस्रो स्थानमा छ । तीन वटै टोलीको समान २–२ अंक भए पनि नेट रन रेटका आधारमा उनीहरू पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

टस जितेर पहिलो ब्याटिङ थालेको इलाइटले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रनको चुनौती प्रस्तुत गरेको थियो । सागर मल्लिकले ४१ रन, राजु विश्वकर्माले ४० रन, अरुण रायनले १९ रन र कमरान खानले १५ रनको योगदान गरे । बलिङमा मिल्सका वैभव राजले २ विकेट, सुधीर कामत, रेहान शेख, विधान गोस्वामी र नरेन्द्र कर्णले समान १–१ विकेट लिए ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको मिल्सले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ३७ रनमै समेटियो । विधान गोस्वामीले ४२ रन, धानिस् राजाले १४, विशाल ऋषिदेव र रेहान सेखले समान १२–१२ रन बनाए ।

बलिङमा इलाइटका राजु विश्वकर्मा र मनिष कामतले समान ३–३ विकेट, हरेराम सिंह र सलन कामतले १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच इलाइटका राजु विश्वकर्मा भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.