नेपालले थाइल्यान्डमा हुने फिफा मैत्रीपूर्ण सिरिज खेल्ने

Share this
649shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १२:५५

काठमाडौं । नेपालले थाइल्यान्डमा फिफा मैत्रीपूर्ण सिरिज खेल्ने भएको छ। फिफाले आफ्नो वेबसाइटमा सूचना जारी गरेर नेपाली टिमको सहभागिता पुष्टि गरेको हो। सिरिजमा नेपालसँगै आयोजक थाइल्यान्ड र कंगोको सहभागिता रहेको छ। ओसिनियाको अर्को एक टिम पनि सिरिजमा सहभागी हुनेछ। सिरिजमा राउन्ड रोबिन शैलीमा खेल हुनेछन्।

खेल आउँदो मार्च र अप्रिलको फिफा ब्रेकमा हुने भए पनि विस्तृत तालिका भने सार्वजनिक भएको छैन। फिफा सिरिजअन्तर्गत ४८ देशले विभिन्न १२ वटा सिरिज खेल्नेछन्। जसमा महिलातर्फको तीन सिरिज हुनेछन्। यसअघि फिफा विन्डोमा मैत्रीपूर्ण खेल हुँदै आएकोमा सन् २०२४ बाट फिफा सिरिजको परिकल्पना गरिएको हो।

फिफाले फरक महादेशका टिमसँग प्रतिस्पर्धा गर्न सहज हुनेगरी सिरिज सार्वजनिक गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×