विराटनगर क्रिकेट लिग : सिद्धार्थ फाइनलमा 

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ७, बुधबार १९:४७
विराटनगर क्रिकेट लिग : सिद्धार्थ फाइनलमा 

विराटनगर । सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग प्रतियोगिता’ को फाइनलमा प्रवेश गरेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा सिद्धार्थ र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी विजयी भएका छन् ।

दिनको पहिलो खेल समूह ‘बी’ को सिद्धार्थले लायन क्रिकेट एकेडेमीलाई ३० रनले पराजित गर्दै ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा हुँदै फाइनलमा प्रवेश गरेको हो । सिद्धार्थले अपराजित हुँदै ३ खेल जित्दै ६ अंक बनाउन सफल भएको थियो भने लायनले २ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

कटहरी ३ खेलमा १ जित र २ पराजित हुँदै २ अंकका साथ दोस्रो स्थान र डाइनामिक क्रिकेट एकेडेमी २ खेलमा १ जित र १ खेलमा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा छ ।

सिद्धार्थले टस जिती पहिलो ब्याटिङ थाल्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सस ६ रनको चुनौती प्रस्तुत गर्यो । फिर्दोस अन्सारीले ३७ रन, दीपेश कँडेलले १९ रन र सुजल भट्टराईले ११ रन बनाए । बलिङमा सकिब हकले ३ विकेट र गौरव कटवालले २ विकेट लिए ।

१ सय ७ रनको जित निकाल्ने दाउमा लायनले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७६ रनमै समेटियो । सकिब हकले २६ रन र निरजकुमार ठाकुरले १२ रन बनाए । सिद्धार्थका निरज मुखियाले ३ विकेट लिँदा दीपेश कँडेल, फिर्दोस अन्सारी र विजय मण्डलले २–२ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच सिद्धार्थका फिर्दोस अन्सारी भए ।

त्यस्तै, अर्को खेलमा  विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई ३ विकेटले हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ भने लगातार २ खेलमा पराजित हुँदै मिल्स प्रतियोगिताबाट बाहिरिएको छ ।

विराटनगरले २ खेल खेल्दै ४ अंक बनाएको छ भने विराट क्रिकेट एकेडेमी २ खेलमध्ये १ मा जित १ मा पराजित हुँदै २ अंकका साथ दोस्रो, इलाइट पनि २ खेलमध्ये १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा छ ।

टस जित्दै विराटनगरले मिल्सलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ थालेको मिल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३ रनको योगफल बनायो । रितिक चौधरीले १७ रन, अभय कुर्मीले १४ रन, नरेन्द्र कर्णले १३ रन तथा सन्तोष चौधरी र डेनिस राजाले ११–११ रन बनाए । विराटनगरका रितिक कामतले ३ लिँदा रितेश झा र कृष शर्माले २–२ विकेट लिए ।

१ सय ४ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर १ बलमा ७ विकेटको क्षतिमा विजयी भयो । भूपाल दंगालले २५ रन, सागर कटवालले २१ रन, सीताराम कामत र प्रशान्त साहले १०–१० रन बनाए । मिल्सका विधान गोस्वामी र वैभव राजले २–२ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच विराटनगरका सागर कटवाल भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×