विराटनगर क्रिकेट लिग : उपाधिका लागि विराटनगर र  सिद्धार्थ खेल्दै 

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ८, बिहीबार १९:५२
विराटनगर क्रिकेट लिग : उपाधिका लागि विराटनगर र  सिद्धार्थ खेल्दै 

विराटनगर । विराटनगरमा जारी ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको उपाधिका लागि सिद्धार्थ  स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ को १ खेल बाँकी छँदै समूह ‘ए’ बाट विराटनगर र समूह ‘बी’ सिद्धार्थ फाइनलमा पुगेको हो ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा बिहीबारको खेलमा विराट क्रिकेट एकेडेमी र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी विजयी भएका छन् ।

दिनको पहिलो खेल समूह ‘ए’ को खेलमा विराट क्रिकेट एकेडेमीले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई ५ विकेटले पराजित गर्दै लिगको दोस्रोमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङको थालेको मिल्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९७ रनको चुनौती प्रस्तुत गरेको थियो । अमन शेखले ३० रन, रितिक चौधरीले १९ रन, सक्षम ढकालले १७ रन  र डेनिस राजाले १५ रन बनाए । विराटनगरका महबुब इराकी र अमर यादवले २–२ विकेट लिए ।

जवाफमा ९८ रनको लक्ष्य पछ्याएको विराटले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै विजयी हासिल गर्‍यो । श्रवण यादवले २३ रन, दीपक पासवानले १८ रन, विशाल ढकालले १७ रन, अनिष राजवंशीले १६ रन र रोहन साहले ११ रन बनाए । मिल्सका वैभव राजले २ विकेट लिँदा नरेन्द्र कर्ण १ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच विराटका महबुब इराकी भए ।

दोस्रो खेलमा विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमीले इलाइट क्रिकेट एकेडेमीलाई १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ । समूह ‘ए’ मा लगातार ३ खेलमा जित निकाल्दै ६ अंकका साथ फाइनलको यात्रा तय गरेको हो । विराटले ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा पराजित हुँदै ४ अंकका साथ दोस्रो स्थान, इलाइटले ३ खेलमा १ मा जित र २ पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङको गरेको इलाइटले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रनको योगफल तयार बनायो । आशिष मण्डलले ३२ रन र सोनु सिंहले १७ रन बनाए । विराटनगरका रितिक कामतले ३ विकेट लिँदा सागर कटवाल र कृश शर्माले २–२ विकेट लिए ।

१ सय रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ९ विकेटको क्षतिमा विजयी भयो । सीताराम कामतले २७ रन, कृश शर्माले १७ रन बनाए । इलाइटका मनिष कामत र राजु विश्वकर्माले ३–३ विकेट लिए । खेलको प्लेयर अफ द म्याच विराटनगरका सीताराम कामत भए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.