विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १९:०३
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सिद्धार्थ  स्पोर्टिङ क्लब र विराटनगर क्रिकेट क्लब एन्ड एकेडेमी पुगेका छन् । दुवै टोली लिग तालिकाको शीर्ष स्थान रहँदै लिग चरणको खेल सकिन अघि नै फाइनल पुगेका हुन् ।

शुक्रबार भएको ‘प्रथम विराटनगर क्रिकेट लिग’ प्रतियोगिताको अन्तिम लिग खेलमा लायन क्रिकेट एकेडेमी विजयी भएको छ ।

Advertisement

समूह ‘बी’ को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङको थालेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो ।

सागर मोचीले ३५ रन, रितेश माझीले ३० रन, विवेक झाले २४ रन  र रोशन कामत १२ रन जोडे । लायनका सुवास मण्डल, सन्दीप ढकाल, गौरव कटवाल र यथार्थ बचन यादवले १–१ विकेट लिए ।

१ सय २२ रनको लक्ष्य पाएको लायनले १५ ओभर ३ बलमा ३ विकेटको क्षतिमा विजयी भयो । लायनका निरज ठाकुरले ४२ रन, सकिव हकले ३१ रन र रुद्रप्रताप साहले १२ रनको योगदान दिए ।

डाइनामिकका  सुवास राय र एसएस झाले १–१ विकेट लिए ।  खेलको प्लेयर अफ द म्याच लायनका सकिव हक भए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.