पूजा महतोको सानदार अर्धशतक: नेपालद्वारा जिम्बाबे ६ विकेटले पराजित

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १६:२९

काठमाडौँ। पूजा महतोको अविजित अर्धशतकको मद्दतले नेपालले आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले हराएको हो।

जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि पूजा महतोले ५० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै अविजित ५२ रनको योगदान दिइन्। यस्तै कप्तान इन्दु बर्माले २२ रन बनाइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रनको योगदान दिए।

नेपालका तर्फबाट कसिलो बलिङ गर्दै रिया शर्माले २ विकेट लिइन्। त्यस्तै कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १-१ विकेट हात पारे। यो जितसँगै नेपालको विश्वकप यात्राको सम्भावना जीवितै रहेको छ। अब नेपालले आफ्नो अन्तिम खेलमा सोमबार स्कटल्यान्डको सामना गर्नेछ। प्रतियोगितामा अघि बढ्न नेपाललाई सो खेल जित्नैपर्ने दबाब छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.