हिसान स्पोर्ट्स : अर्किड, मोर्डन एरा, शिक्षादीप र विराट विजयी

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १५:४८
हिसान स्पोर्ट्स : अर्किड, मोर्डन एरा, शिक्षादीप र विराट विजयी

विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ मा फुटबलतर्फ अर्किड  कलेज, मोर्डन एरा र क्रिकेटमा विराट र शिक्षादीप कलेज विजयी भए ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको फुटबलको पहिलो खेलमा मोर्डन एरा स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रकेरमा ४–३ गोल फरकमा पराजित गर्‍यो ।

खेलको निर्धारित समयमा मोर्डन एराका शिव उराव र सेन्टजोसेफका सरोज चौधरीले १–१ गोल गर्दै खेल बराबरी भएको थियो । बराबरी भएपछि खेल टाइब्रकेरमा पुगेको हो । प्लेयर अफ द म्याच मोर्डन एराका गोलरक्षक दिग्विजय सिंह बस्नेत भए ।

दोस्रो खेलमा अर्किड कलेजले जेभियर्स कलेजलाई ३–२ को गोलमा हरायो । अर्किडको जितमा प्लेयर अफ द म्याच रिकेश विश्वासले ३ गोल गरे भने जेभियरका सौरभ खत्री र अविनाश मगरले १–१ गोल गरे ।
त्यस्तै, क्रिकेटतर्फ पहिलो खेलमा शिक्षादीप कलेजले बिकेभिएम कलेजलाई १ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ ।

टस जितेर ब्याटिङको गरेको बिकेभिएमले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । हार्दिक रेग्मीले १९ रन बनाए । शिक्षादीपका प्लेयर अफ द म्याच रोशन रायले ३ विकेट लिए ।

१ सय रनको लक्ष्य पाएको शिक्षादीपले १५ ओभर ४ बलमा १ विकेटको क्षतिमा विजयी हासिल गर्‍यो । टेकनारायण मण्डलले ३२ रनकोे योगदान दिए । बिकेभिएमका सबल न्यौपाने २ विकेट लिए ।

दोस्रो खेलमा विराट क्याम्पस र सगरमाथा कलेजबीच को खेलमा सगरमाथा समयमा मैदानमा नआएपछि विराट क्याम्पसले वाक ओभरका आधारमा विजयी हुँदै क्वार्टरफाइनलको यात्रा तय गर्‍यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×