माउन्ट एभरेस्ट तेक्वान्दो फागुनमा

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ११, आइतबार १७:५५
माउन्ट एभरेस्ट तेक्वान्दो फागुनमा

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दास्रो माउन्ट एभरेस्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २० राष्ट्रका करिब १ हजार ५ सय खेलाडीको सहभागिता रहने आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गेरोगी / पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने आयोजकले जनाएको छ ।

उपाध्यक्ष चन्दले प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्ने बताए । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक संघका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो संघका पूर्वअध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ उपसमिति पनि गठन गरिएको छ । ६ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा खेलाइने छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.