
विराटनगर । प्रिमियम टायल ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्दै विराटनगरको मुनालपथमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।
न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित यस सोरुमको कोशी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली र कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले सोरुमको औपचारिक उद्घाटन गरे ।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको उपस्थिति रहेको थियो ।
मन्त्री पराजुलीले कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको विस्तारले प्रदेशको औद्योगिक विकास र स्थानीय रोजगारीमा टेवा पुग्ने बताए । उनले यस्तो कम्पनीले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान गर्ने बताए ।
यस्तै, निर्देशक अग्रवालले नेपालका ग्राहकलाई विश्व स्तरीय टायल र नवीन डिजाइनहरू नजिकै उपलब्ध गराउनु आफूहरूको मुख्य उद्देश्य रहेको उल्लेख गरे । उनले विराटनगरमा नयाँ सोरुमको उद्घाटन पूर्वी नेपालका ग्राहकसम्म हाम्रो विश्व स्तरीय टायल सङ्ग्रह अझ नजिक पुर्याउने महत्त्वपूर्ण कदम रहेको बताए ।
नेपालकै सबैभन्दा ठुलो टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको कजारियाको यो सोरुममा ३ हजारभन्दा बढी डिजाइनका प्रिमियम टायलहरू उपलब्ध रहेको बताइएको छ । हाल नेपालभर १ सयभन्दा बढी सोरुमको सञ्जाल रहेको कजारियाले आधुनिक, टिकाउ र आकर्षक टायलमार्फत निर्माण क्षेत्रमा नयाँ मानक स्थापित गर्दै आएको छ ।

























