कोशी प्रदेश खेलकुद विकास बोर्डको अध्यक्षमा मन्त्री मेहताको पदबहाली, कबड्डी टोलीको बिदाइ 

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार ०९:०२
कोशी प्रदेश खेलकुद विकास बोर्डको अध्यक्षमा मन्त्री मेहताको पदबहाली, कबड्डी टोलीको बिदाइ 

विराटनगर । काठमाडौंमा आयोजना हुन लागेको राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशका खेलाडी तथा अफिसियललाई बिदाइ गरिएको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले प्रदेश खेलकुद विकास बोर्डको अध्यक्षको रूपमा पदबहाली गर्दै कबड्डीका खेलाडीलाई बिदाइ गरेका हुन् । विराटनगरस्थित बोर्डको कार्यालयमा पदबहाली गर्दै मन्त्री मेहताले काठमाडौंमा आयोजना हुने राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने २४ जना खेलाडी तथा अफिसियल टोलीलाई बिदाइ गरे ।

खेलाडी र अफिसियलहरूलाई बिदाइ गर्दै मन्त्री मेहताले जितको शुभकामना दिँदै, खेलाडीहरू ‘राष्ट्रका गहना’ भएको बताए । उनले खेल र खेलाडीले नै प्रदेशको गरिमा र प्रतिष्ठा उच्च राख्ने उल्लेख गर्दै प्रतियोगितामा प्रथम स्थान (स्वर्ण पदक) हासिल गर्ने अपेक्षा राखेको र खेलकुदमा सरकारले लगानी गर्ने विश्वास दिलाए ।
गत पुस २२ गते मन्त्री नियुक्त भएका मेहताले खेलकुद क्षेत्रको विकासका लागि सरकारले आवश्यक लगानी गर्ने र खेलाडीहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सोही अवसरमा बोर्डका अधिकृत विनोद पाण्डेले कोशी प्रदेशको खेलकुद उपलब्धिबारे जानकारी गराएका थिए । पाण्डेका अनुसार माघ ३ र ४ गते हेटौँडामा सम्पन्न राष्ट्रिय जुडो प्रतियोगितामा कोशी प्रदेशले २ रजत र २ कांस्य पदक प्राप्त गर्न सफल भएको छ । सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा कोशीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए ।

पदबहाली तथा बिदाइ कार्यक्रममा बोर्डका कर्मचारी, खेलकुद क्षेत्रका प्रतिनिधि र खेलाडीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.