सुनको मूल्य : फेरि नयाँ रेकर्ड

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १०:५८
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।

आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन ५ हजार २ सय रुपैयाँले बढेको छ। यसअघि माघ ९ गते पहिलोपटक सुनको मूल्यले ३ लाखको बिन्दु पार गरेको थियो।

यसैगरी चाँदीको मूल्य पनि आज ह्वात्तै बढेको छ। महासंघका अनुसार चाँदी तोलामा २ सय ८५ रुपैयाँले बढेर ६ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार डलर नाघेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। विश्वव्यापी रूपमा बढ्दो भू-राजनीतिक अस्थिरता र अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावका कारण सुनको भाउ लगातार बढिरहेको व्यवसायीहरू बताउँछन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.