स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १२:१६

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ। सोमबार भएको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको सुपर सिक्स पुग्ने सपना समाप्त भएको हो।

स्कटल्यान्डले दिएको १४१ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमा मात्र ६८ रन बनाउँदा अलआउट भयो। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४ रन बनाए भने रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। खेलका क्रममा कप्तान इन्दु बर्मा चोटग्रस्त भएर मैदान बाहिरिनु नेपालका लागि महँगो सावित भयो। सातौं ओभरमा चोट लागेपछि उनी पुनः मैदान फर्किन सकिनन्।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालले बलिङमा उत्कृष्ट सुरुवात गर्दै स्कटल्यान्डलाई ७९ रनमा ६ विकेट झारेर दबाबमा राखेको थियो। तर, स्कटल्यान्डकी प्रियानाज चटर्जीले अविजित ४५ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याइन्। नेपालका लागि मनीषा उपाध्यायले घातक बलिङ गर्दै ४ विकेट लिइन् भने रुबिना क्षेत्रीले ३ विकेट हात पारिन्।

प्रतियोगितामा नेपालले चार खेलमध्ये एकमा मात्र जित निकाल्न सक्यो। पहिलो दुई खेलमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो। आजको हारसँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन्। त्यस्तै समूह ‘ए’ बाट बंगलादेश, आयरल्यान्ड र अमेरिकाले अन्तिम छ मा स्थान पक्का गरेका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.