नेप्से: परिसूचक ३ अंकले घट्दा कारोबार १६ अर्ब माथि

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १७:०८

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको ‘करेक्सन’ देखिएको छ। आइतबार ५७ अंकले बढेको बजार सोमबार ३.०७ अंकले घटेर २७६९.०९ विन्दुमा झरेको छ। परिसूचक सामान्य घटे पनि कारोबार रकमले भने बजारमा नयाँ उत्साह थपेको छ। देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च देखिँदा सोमबार १६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यो कारोबार रकम आइतबारको तुलनामा साढे २ अर्बले धेरै हो।

नेप्सेमा सोमबार ३ सय ३२ कम्पनीको १ लाख ४७ हजार ६ सय ७६ कारोबारबाट ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ। कारोबार भएकामध्ये १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८८ कम्पनीको मूल्य बढेको छ। ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन। एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

समूहगत परिसूचकमध्ये होटल, जलविद्युत् र उत्पादनमूलक समूह उकालो लागेका छन् भने बैंकिङ, विकास बैंक, वित्त, बीमा, लघुवित्त र व्यापार लगायतका समूह ओरालो लागेका छन्। कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से उतारचढावका बीच बन्द हुने समयमा झिनो अंकले घटे पनि उच्च कारोबार रकमले आगामी दिनमा बजारको उकालो यात्रा कायमै रहने संकेत गरेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.