
काठमाडौं । अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।
साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको संघले जनाएको छ । साधारण सभाले आ.व. २०८२ / ८३ का लागि ४ करोड ६० लाख बजेटसमेत पारित गरेको महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।

























