सेयर बजारमा ४२ अङ्कको गिरावट, कारोबार रकम भने १४ अर्बमाथि

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार १५:३२

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचकमा ठूलो गिरावट आएको छ। बजार बन्द हुँदासम्म नेप्से ४२.५८ अङ्कले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको छ।

परिसूचक ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ। दिनभरिमा ३३३ वटा कम्पनीको ३ करोड २ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज २२४ वटा कम्पनीको मूल्य घट्दा जम्मा ३४ वटा कम्पनीको मूल्यमा सुधार आएको छ।

बजार घटे पनि केही जलविद्युत् र विकास बैंकका लगानीकर्ताले भने कमाएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८.५६ प्रतिशतले बढेको छ भने दोर्दी खोला र माया खोला जलविद्युत्को मूल्यमा पनि ८ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ।

सबैभन्दा धेरै मूल्य घट्नेमा ओम मेगाश्री फर्मास्युटिकल्स र ट्रेड टावर रहेका छन्। समूहगत रूपमा हेर्दा फाइनान्स समूह सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी ५७ करोड ८५ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.