अन्तर विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजबाफ प्रतियोगिताको उपाधि बिकेभिएमलाई 

Share this
798shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार ०८:३४
 अन्तर विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजबाफ प्रतियोगिताको उपाधि बिकेभिएमलाई 

विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तर विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजबाफ प्रतियोगिताको उपाधि बालकल्याण विद्या मन्दिर (बिकेभिएम) स्कुलले जितेको छ ।

विराटनगरको बिकेभिएमले १८ वटा विद्यालयलाई हराउँदै उपाधि जित्दै नगद १५ हजारसहित शिल्ड  तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता एभरेस्ट स्कुलले १० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । इटहरीको जनता मावि तेस्रो भयो ।

विगत ३० वर्षदेखि एउटै आयोजक र प्रायोजकमार्फत अन्तर विद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजबाफ प्रतियोगिता हुँदै आएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा मोरङ र सुनसरीका १८ वटा विद्यालयको सहभागिता रहेको जुनियर जेसीजका महासचिव सञ्जु योगीले जानकारी दिए ।

हाजिरीजबाफ प्रतियोगिताका विजेता तथा उपविजेतालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रायोजक काबरा ग्रुपका निर्देशक नवलकिशोर काबरा, क्वीज मास्टर सन्देशदास श्रेष्ठ, आयोजक संस्थाकी अध्यक्ष आयुषा खतिवडा, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, विराटनगर जेसीजका निर्वतमान अध्यक्ष प्रितेशराज दाहाललगायतले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×