कोशी एलाइट कप : सुनसरीलाई हराउँदै मोरङको विजयी सुरुवात

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १६:४६
कोशी एलाइट कप : सुनसरीलाई हराउँदै मोरङको विजयी सुरुवात

विराटनगर । विराटनगरमा बुधबारदेखि सुरु भएको ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उद्‌घाटन खेलमा मोरङले विजयी सुरुवात गरेको छ । मोरङले सुनसरीलाई १३३ रनले पराजित गर्दै २ अंक जोडेको छ ।

टस जितेर पहिलो ब्याटिङ थालेको मोरङले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२० रनको चुनौती प्रस्तुत गरेको थियो । सकिब हकले ४२ रन, दीपेश कँडेलले ४१ रन, कृतिक कामतले ३७ रन, अटल साहले २६ रन, विशाल ढकालले २३ रनको योगदान गरे । सुनसरीका समिर तिम्सिनाले ३ विकेट, कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरव कटवालले समान १–१ विकेट लिए ।

सुनसरीले पाएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा ३४ ओभर २ बल खेल्दै सबै विकेटको क्षतिमा ८७ रनमै समेटियो । अफान ताहिरले २२ रन, कविराज खत्रीले १४ रन, आकाश सरिफले १३ रन र रितेश रायले १० रन बनाए । बलिङमा मोरङका दीपेश कँडेलले ५, फिर्दोस अन्सारी र प्रेम कामतले २–२, प्रतीक पोखरेलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच मोरङका दीपेश कँडेल भए ।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा मोरङ, सुनसरी र झापा जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत माघ १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ । माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.