हिसान स्पोर्ट्स :  कान्तिपुर र शिक्षादीप सेमिफाइनलमा प्रवेश

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १४, बुधबार १८:३४
हिसान स्पोर्ट्स :  कान्तिपुर र शिक्षादीप सेमिफाइनलमा प्रवेश

विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट’ को क्रिकेट र फुटबलमा कान्तिपुर र शिक्षादीप कलेज सेमिफाइनलमा पुगेका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको क्रिकेटतर्फ कान्तिपुर र शिक्षादीपले सेमिफाइनल यात्रा तय गरे ।

क्रिकेटको पहिलो खेलमा शिक्षादीपले रेडस्टार कलेजलाई १५ रनले हराउँदै अन्तिममा चारमा स्थान पक्का गरेको हो । टस जित्दै ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रनको लक्ष्य प्रस्तुत गयो । सत्यम् सदामले २१ रन बनाए । रेडस्टारका आयुर अधिकारीले ४ विकेट र सुधीर बस्नेतले ३ विकेट लिए ।
१ सय १७ रनको लक्ष्य पाएको रेडस्टारले १९ ओभर ५ बलमा सबै विकेटको क्षतिमा १ सय २ रन मात्रै बनायो । अभिषेक विकले १८ रन बनाए । शिक्षादीपका प्लेयर अफ म्याच सोनु सिंहले ४  विकेट लिए ।

अर्को खेलमा कान्तिपुर कलेजले कोबास कलेजलाई ९३ रनले हराउँदै सेमिफाइनलमा पुग्यो । टस जित्दै ब्याटिङ थालेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९२ रनको चुनौती प्रस्तुत गर्‍यो । प्लेयर अफ द म्याच शम्भु मण्डलले ६१ रन र सन्तोष गुप्ताले ४१ रन बनाए । कोबासका अमरेश यादवले ५ विकेट लिए ।

१ सय ९३ रनको लक्ष्य पाएको कोबासले  १५ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९९ रनमै समेटियो । रन्जित राजवंशीले १९ रन बनाए । कान्तिपुरका सन्तोष गुप्ता र रामरतन यादवले समान २–२ विकेट लिए ।

त्यस्तै, फुटबलमा कान्तिपुर सेमिफाइनलमा प्रवेश गर्‍यो भने रेडस्टार र अर्किड क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कान्तिपुरले बुद्ध कलेजलाई ३–१ गोल अन्तरमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । कान्तिपुरका प्लेयर अफ द म्याच गौतम चौधरीले २ गोल र निशान्तकुमार चौधरीले १ गरे भने बुद्धका जतिनकुमार थारुले १ गोल फर्काए ।

अर्को खेलमा रेडस्टारले कोशी मोडेल कलेजलाई २–० गोलमा हराउँदै क्वाटरफाइनलमा पुग्यो । रेडस्टारका प्लेयर अफ म्याच मनिस लिम्बू र विजय मगरले १–१ गोल गरे ।

दिनको तेस्रो खेलमा अर्किडले होली चायल्ड कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किडका प्लेयर अफ द म्याच विवेक खवासले १ गोल गरे ।

त्यसैगरी, भलिबलमा रेडस्टार, बिकेभिएम, कान्तिपुर र राष्ट्र निर्माण विजयी भएका छन् ।
भलिबलको छात्रतर्फ रेडस्टार, कान्तिपुर र बालकल्याण विद्या मन्दिर (बिकेभिएम) तथा छात्रातर्फ रेडस्टार र राष्ट्र निर्माण कलेज विजयी भए ।

छात्रतर्फ पहिलो खेलमा बिकेभिएमले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटमा हरायो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका सिशान्त पाण्डे भए ।
अर्को खेलमा कान्तिपुरले शिक्षादीपलाई २५–८ र २५–१८ को सोझो सेटमा पराजित गर्‍यो । प्लेयर अफ द म्याच कान्तिपुरका मिसन मगर भए ।

तेस्रो खेलमा रेडस्टारले भानु कलेजलाई २५–१२ र २५–१२ को सोझो सेटलले पराजित गरेको छ । प्लेयर अफ द म्याच रेडस्टारका सुरज राई भए ।

छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटमा पराजित गर्‍यो । प्लेयर अफ द म्याच रेडस्टारकी जेनिशा लामिछाने भइन् ।

अर्को खेलमा राष्ट्र निर्माण कलेजले बिकेभिएमलाई १३–२५, २५–२२ र २५–२२ को सेटमा पराजित गर्‍यो । प्लेयर अफ द म्याच राष्ट्र निर्माणकी रोनिशा थापा भइन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.