नेप्से परिसूचक १७.५३ अंकले घट्यो, कारोबार रकम भने साढे १४ अर्ब माथि

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १६:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। बुधबार ५ अंकले बढेको बजारमा बिहीबार १७.५३ अंकको गिरावट आएपछि परिसूचक २७१४.०५ बिन्दुमा झरेको छ। बजारमा कारोबार भएकामध्ये १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र सूचकमा देखिएको हो।

बजार सूचक घटे पनि कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ। बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यस दिन ३ सय २० कम्पनीका १ लाख ३८ हजारभन्दा बढी कारोबारबाट ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद-बिक्री भएका छन्। आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि खर्च जुटाउन लगानीकर्ताले मूल्य घटेकै अवस्थामा पनि सेयर बिक्री गरेको हुनसक्ने अनुमान गरिएको छ।

बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ। यस दिन ८५ कम्पनीको सेयर मूल्य बढ्दा ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन। हिमालय दोलखा र शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाउँदा अन्य अधिकांश समूहका सूचकहरू ओरालो लागेका छन्।

समूहगत परिसूचकको अवस्था हेर्दा उत्पादनमूलक समूह सबैभन्दा धेरै २००.७१ अंकले घटेको छ। यस्तै विकास बैंक १३१.८१, होटल ९८.९४, जीवन बीमा ८४.०८ र निर्जीवन बीमा समूह ७६.८३ अंकले घटेका छन्। जलविद्युत्, लगानी र सामूहिक लगानी कोषमा भने झिनो सुधार देखिए पनि त्यसले समग्र बजारलाई सकारात्मक बनाउन सकेन। सेयर मूल्य घटे पनि कारोबार रकम उत्साहजनक रहेकाले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आशा भने जीवितै छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.