हिसान स्पोर्ट्स मिट : बिकेभिएमलाई बास्केटबलको उपाधि 

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार २०:३७
हिसान स्पोर्ट्स मिट : बिकेभिएमलाई बास्केटबलको उपाधि 

विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्ट्स मिटमा बास्केटबलको उपाधि विराटनगरको बालकल्याण विद्या मन्दिरले (बिकेभिएम) जितेको छ ।

हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बास्केटबलमा बिकेभिएमले शिक्षादीप कलेजलाई पराजित गर्दै उपाधि जितेको हो । बिकेभिएमले शिक्षादीपलाई २८–२५ को स्कोरले हरायो । खेलको प्लेयर अफ द म्याच बिकेभिएमका आयुष दाहाल भए ।

प्रतियोगिताअन्तर्गत क्रिकेटमा कान्तिपुर र शिक्षादीप फाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा शिक्षादीपले अर्किड कलेजलाई २ रनले हराउँदै फाइनलमा पुग्यो । टस जितेर ब्याटिङ गरेको शिक्षादीपले निर्धारित २० ओभरको खेलमा १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १०३ रन बनायो । सोनुकुमार सिंहले ३५ रन बनाए । अर्किडका कृष्ण यादव, नन्दकिशोर यादव र मैसम ठाकुरले २–२ विकेट लिए ।

१०४ रनको लक्ष्य पाएको अर्किडले १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०१ रनमै समेटियो । श्रेयस दाहालले २० रन बनाए । शिक्षादीपका प्लेयर अफ म्याच सोनुकुमार सिंहले ५ विकेट लिए ।

दोस्रो खेलमा कान्तिपुरले अरनिको कलेजलाई १५ रनले हराउँदै फाइनल पुग्यो । टस जितेर ब्याटिङ थालेको कान्तिपुरले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १३० रनको चुनौती प्रस्तुत गर्‍यो । सीताराम कामतले २६ रन बनाए । अरनिकोका साजन यादव, अभिषेक मण्डल र सारस्वर कोइरालाले २–२ विकेट लिए ।
१३१ रनको लक्ष्य पाएको अरनिकोले पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा ११५ रन मात्रै बनायो । रोनक राजपुतले २१ रन बनाए । कान्तिपुरका प्लेयर अफ म्याच अरविन्द मण्डल र राजन यादवले २–२ विकेट लिए ।

त्यस्तै, फुटबलको छात्रातर्फको पहिलो खेलमा जेभियर्स कलेजले सेन्टजाेसेफ कलेजलाई टाइब्रकेरबाट ३–१ गोलमा हराउँदै सेमिफाइनलमा प्रवेश गर्‍यो । प्लेयर अफ म्याच जेभियर्सकी गोलरक्षक प्रमिशा श्रेष्ठ भइन्  ।
दोस्रो खेलमा कान्तिपुरले शिक्षादीपलाई टाइब्रकेरमा ४–२ गोलमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । प्लेयर अफ म्याच कान्तिपुरकी गोलकिपर रविना चौधरी भइन्  ।

छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देशले मोडर्न एरालाई १–० गोलमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । शिक्षा सन्देशका इगल मगरले निर्णायक गोल गर्दै प्लेयर अफ द म्याच भए । दोस्रो खेलमा रेडस्टारले अर्किडलाई १–० को गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारका रिसव मगर प्लेयर अफ द म्याच भए ।

त्यसैगरी, भलिबल छात्रतर्फको पहिलो खेलमा राष्ट्र निर्माण कलेजले मोरङ मोडेल कलेजलाई सोझो सेटलले पराजित गरेको छ । प्लेयर अफ द म्याच मोरङ मोडेलका राजेश मरण्डी भए ।
दोस्रो खेलमा बुद्ध कलेजले अर्किडलाई सोझो सेटले पराजित गरेको छ । प्लेयर अफ द म्याच बुद्धका सन्देशकुमार मगर भए ।

तेस्रो खेलमा शिक्षा सन्देशले अरनिकोलाई २५–२०, २१–२५ र २५–२३ को सेटले पराजित गरेको छ । प्लेयर अफ द म्याच शिक्षा सन्देशका अभिषेक श्रेष्ठ भए । छात्रातर्फ पहिलो खेलमा अरनिकोले मोडर्न एरालाई २५–२२, २५–२७ र २५–९ को सेटमा हरायो । प्लेयर अफ द म्याच अरनिकोकी श्रीया लिम्बू भइन् ।

दोस्रो खेलमा शिक्षादीपले कान्तिपुरलाई सोझो सेटमा पराजित गर्‍यो । प्लेयर अफ द म्याच शिक्षादीपकी रोशा वस्ती भइन् ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.