सातौँ राष्ट्रिय योगासन खेलकुद हुने, विजेताले विश्व प्रतियोगिता खेल्न पाउने

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १०:५९

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित दिक्षालय स्कूलमा यही शनिबार सातौँ राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल योगासन खेलकुद संघको आयोजनामा हुन लागेको यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त राष्ट्रियस्तरको खेलकुद इभेन्ट हो।

यस प्रतियोगितामा सातै प्रदेशका कुल ३३१ खेलाडीले आफ्नो सहभागिता सुनिश्चित गरेका छन्। सहभागी हुनेहरूमा २१८ महिला र ११३ पुरुष खेलाडी रहेका छन्। प्रदेशगत रूपमा हेर्दा बागमतीबाट ११९, कोशीबाट ४२, मधेशबाट २०, गण्डकीबाट १९, लुम्बिनीबाट १७, कर्णालीबाट १६ र सुदूरपश्चिमबाट १८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष र महिलाको छुट्टाछुट्टै उमेर समूहमा प्रतिस्पर्धा गराइने आयोजकले बताए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि यो निकै महत्त्वपूर्ण अवसर हुनेछ। प्राविधिक कमिटीको छनोट र मूल्याङ्कनको आधारमा उत्कृष्ट खेलाडीहरूलाई भारतमा आयोजना हुने पहिलो विश्व योगासन खेलकुद प्रतियोगिता २०२६ का लागि नेपालको तर्फबाट चयन गरिनेछ। विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदकका साथै प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै उमेर समूहका स्वर्ण पदक विजेताहरूमध्येबाट एक–एक जना उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर योगी’ र महिलातर्फ ‘मिस योगी’ को उपाधि र ट्रफी दिइने संघले बताए।

नेपाल योगासन खेलकुद संघले यसअघि नै विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। संघको नेतृत्वमा नेपाली खेलाडीहरूले मलेसिया र भारतमा भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा स्वर्ण र रजतलगायतका विभिन्न पदक जितेर देशको गौरव बढाएका छन्।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.