कोशी एलाइट कपः मोरङ र झापा उपाधिका लागि खेल्दै 

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १८:४१
कोशी एलाइट कपः मोरङ र झापा उपाधिका लागि खेल्दै 

विराटनगर । विराटनगरमा जारी ‘प्रथम कोशी एलाइट कप’ लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार मोरङ र झापा खेल्ने भएका छन् ।

यसअघि मोरङ २ खेल जित्दै ४ अंकका साथ तालिकामा शीर्ष स्थान हुँदै फाइनल पुगेको थियो । झापा २ खेलमध्ये १ मा जित १ मा हार्दै २ अंकका साथ तालिकाको दोस्रो स्थान हुँदै फाइनल प्रवेश गरेको हो । सुनसरी २ खेल हार्दै बाहिरिएको हो ।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा झापाले सुनसरीलाई ४ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । टस जितेर झापाले सुनसरीलाई पहिलो ब्याटिङको मौका दिएको थियो ।

सुनसरीले पहिलो ब्याटिङ थाल्दै ५० ओभरमा ९ विकेटको क्षतिमा १८३ रनको चुनौती प्रस्तुत गरेको थियो । रबिन मण्डलले ४१ रन, आकाश सरिफले ३८ रन, समिर तिम्सिना २७ रन, रोहन साह १६ रन र गौरव कटवाल ११ रनको योगदान गरे । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट, सुजन थपलिया, विपिनकुमार महतो र आयुष न्यौपानेले समान १–१ विकेट लिए ।

झापाले पाएको १८४ रनको लक्ष्य भेटाउने क्रममा ४७ ओभरमा ६ विकेट गुमाउँदै विजयी भएको थियो । दीपु भुजेलले ८४ रन, समिर कार्कीले ४७ रन, भूपाल दंगालले ३५ रन र सुजन थपलियाले २३ रन बनाए । सुनसरीका विकल्प आचार्यले ३ विकेट लिँदा भूपाल लुइँटेल, रोहन साह र रबिन मण्डलले समान १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.