बेलबारीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार ०८:४१
बेलबारीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । मोरङको बेलबारीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग कबर्डहलमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट १ सय ८ वटा टिमले सहभागिता जनाएका छन् ।

डाँगिहाट ब्याडमिन्टन क्लबले आयोजना गरेको ‘बलबहादुर मगर स्मृति कोशी प्रदेश स्तरीय प्रतियोगिता’ को उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले गरे । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख राईले खेलकुदले स्वास्थ्य र अनुशासनसँगै नगरको पहिचानमा समेत टेवा पुर्‍याउने बताए ।

आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेका अनुसार प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभल, भेट्रान (४५ वर्षभन्दा माथि), अन्तर सदस्य, महिला डबल र यु १५ पुरुष सिंगल गरी ५ वटा विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

मेन्स डबल्स ‘बी’ लेभलको प्रथमले ४१ हजार, दोस्रोले ३१ हजार र तेस्रोले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।
भेट्रानतर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार, तेस्रोले १५ हजार, अन्तर सदस्यको विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले १० हजार पाउने छन् ।

त्यसैगरी महिला डबलका विजेताले २५ हजार, उपविजेताले र तेस्रोले १५–१५ हजार र  यु १५ पुरुष सिंगलका विजेताले १० हजार उपविजेताले ८ हजार र तेस्रो स्थान हासिल गर्ने टिमले ६ हजार पाउने आयोजकले जानकारी गराएको छ ।
प्रदेश स्तरीय यस खेलले खेलाडीहरूमा उत्साह थप्नुका साथै खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×