‘उद्योगको मागअनुसार सीप विकास गर्नुपर्छ’

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १५:३७

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योगको आवश्यकता र श्रम बजारको मागलाई ध्यानमा राखेर मात्र सीप विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । विराट एक्स्पोमा आयोजित एक विशेष छलफलमा बोल्दै उनले सीप विकास केवल एउटा कार्यक्रम मात्र नभई यो युवाको भविष्य, रोजगारी र सामाजिक उत्तरदायित्वसँग जोडिएको साझा विषय भएको उल्लेख गरे ।

औद्योगिक सहरको रूपमा चिनिएको विराटनगरमा उद्योग विस्तार भए पनि दक्ष जनशक्तिको अभाव प्रमुख चुनौती रहेको मेयर कोइरालाले बताए । ‘एकातिर उद्योगले कामदार खोजिरहेका छन्, अर्कोतिर युवा रोजगारीका लागि विदेशिन बाध्य छन्,’ उनले भने, ‘यो असन्तुलनले औद्योगिक विस्तारमा नै असर पुर्‍याएको छ ।’

मेयर कोइरालाले महानगरपालिकाले सीप विकासलाई दीर्घकालीन रणनीतिक प्राथमिकतामा राख्ने स्पष्ट पारे. उनले उद्योगसँग तालमेल नमिलेका तालिमले उपलब्धि दिन नसक्ने भन्दै सीप विकासमा गरिने लगानी भविष्यका लागि भएको बताए. टिभेटको नयाँ अवधारणाअनुसार उद्योगले चाहेको सीपको परीक्षण गर्न महानगरपालिकाले समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

कार्यक्रममा सगरमाथा आइल्याबले टिभेटमा निजी क्षेत्रको भूमिकाबारे प्रस्तुति दिएको थियो । सहभागीहरूले टिभेटको उद्देश्य केवल प्रमाणपत्र बाँड्ने मात्र नभई उत्पादन वृद्धि र दक्ष जनशक्ति तयार गर्ने हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.