राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि  

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १९:२३
राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि  

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनी प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए । यो उनको करियरको तेस्रो उपाधि हो ।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २ सय ७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले खराब प्रदर्शन गर्दै ५–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार २ सय ८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले १ लाख ७० हजार पुरस्कार प्राप्त गरे ।

समग्रमा २–ओभर २ सय ९० को स्कोरमा तोरणविक्रम शाही र भुवन नगरकोटीले संयुक्त रुपमा तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन–पार ७२ र भुवनले ४–अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

नेपाल नम्बर १ प्रो निरज तामाङले समग्रमा ३–ओभर २ सय ९१ को स्कोरमा ५ औँ स्थान हात पारे । उनले ३–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ४–ओभर २ सय ९२ को स्कोरमा भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रुबेन थापा संयुक्त रुपमा छैटौँ भए । भुवनले ४–ओभर ७६ खेल्दा शुक्र र दिनेशले २–ओभर ७४ मा खेल पूरा गरे । उनीहरूले ६४ हजार ३ सय ३३ नगद प्राप्त गरे ।

एमेच्योर रुबेनले २–अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड १० औँ भए । उनले १–ओभर ७३ को स्कोरसहित समग्रमा ८–ओभर २ सय ९६ स्कोर गरे ।

अन्तिम १८ होलको सुरुआत गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३–अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, ८ औँ र ९ औँ होलमा बर्डी प्रहार गरे । ५ औँ होलमा १ सट खेर फाले । यसपछि १७ औँ होलको बोगीका विरूद्ध १२ औँ र १५ औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

जयरामले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार २  बर्डी प्रहार गरे । तर तेस्रो र ७ औँ होलमा १–१ सट खेर फाले । यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले । १० औँ र १२ औँ तथा १४ देखि १६ सम्म लगातार ३ गरी कूल ५ बोगी प्रहार गरे । यो खराब प्रदर्शनमा ब्याक नाइन ५–ओभर ४१ मा सकाए ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन–पार ३६ मा सकाए । फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए । ब्याक नाइनमा १० औँ, १२ औँ र १४औँ होलमा बर्डी प्रहार गरे । तर ५–पारको १५ औँ होलमा डबल बोगीको समान गर्दा १८ औँ होलमा बोगी प्रहार गरे ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार ३ गरी कूल ६ बर्डी प्रहार गरे । ८ औँ र १४ औँ होलमा १–१ सट खेर फाले ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कूल ६२ खेलाडीको सहभागिता रहेको थियो । जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे । सिजनको पहिलो प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपालका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.