प्रविधिमा आधारित जनशक्ति विकासमा पहल

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १४:०३

विराटनगर । उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित २४ दिने ‘भेरिएबल फ्रिक्वेन्सी ड्राइभ प्रोग्रामिङ एण्ड मेन्टेनेन्स’ सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका विभिन्न उत्पादनमूलक उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेकाले परिवर्तित परिवेशमा उद्योगका प्राविधिक जनशक्तिलाई समयसापेक्ष सीप र दक्षताले सुसज्जित गर्नु अत्यन्त आवश्यक भएको बताए।

अध्यक्ष राठीले उद्योगका उत्पादन प्लान्टहरूमा भीएफडीको प्रयोग दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यसको प्रोग्रामिङ र मर्मतसम्भार सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गरे। यस किसिमको तालिमले कार्यसम्पादन सुनिश्चित गर्न, ऊर्जा दक्षता अधिकतम बनाउन, उपकरणहरूको आयु बढाउन तथा औद्योगिक प्रक्रियाहरूलाई सुरक्षित र भरपर्दो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

तालिमका प्रशिक्षक किरण मण्डलले भेरिएबल फ्रिक्वेन्सी ड्राइभ आधुनिक इलेक्ट्रोनिक्स मोटर नियन्त्रक भएकाले यसको प्रयोगले उल्लेखनीय ऊर्जा बचत हुने जानकारी दिए। यसबाट सहज सञ्चालन, स्वचालित प्रक्रियामा प्रभावकारी नियन्त्रण तथा औद्योगिक उत्पादन प्रणालीको समग्र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ।

विराटनगरको हाटखोलास्थित ज्ञान अटोमेसन एण्ड कन्ट्रोल सिस्टममा २४ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा विभिन्न उद्योग प्रतिष्ठानका २० जना प्राविधिक प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। संगठनले आगामी दिनहरूमा पनि यस क्षेत्रका उद्योग प्रतिष्ठानहरूको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमा आधारित तालिम तथा क्षमता विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.