सुनवर्षीबाट भन्सार छलीका सामान बरामद

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार १६:१३

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाका भित्री सडक खण्डहरू हुँदै भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ ।

पछिल्ला २ दिनमा सुनवर्षीबाट प्रहरीले खाद्यान्न, सुर्तीजन्य पदार्थ, साइकल र काठसहित झन्डै डेढ लाख रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको हो । शनिबार सुनवर्षी नगरपालिका–३ अन्तर्गत बस्नेत काटास्थित सुनवर्षी–केरेन्जा भित्री सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले भारतबाट तस्करी गरेर नेपाल ल्याउँदै गरेको अवैध खाद्यान्न तथा सुर्तीजन्य सामान फेला पारेको थियो ।

इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमरदहबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो । बरामद भएको सामान इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले ४ सय किलो चिनी, २ सय किलो मैदा, १३ बोरा खैनी गरेर ६६ हजार रूपैयाँ बराबरको सामान बरामद गरेको हो । त्यस्तै, प्रहरीले शुक्रबार साँझ सुनवर्षी–८ पटियापाडास्थित डाइनिया–सिक्टी भित्री सडक खण्डबाट पनि प्रहरीले अवैध काँटी बरामद गरेको छ ।

साइकल प्रयोग गरी तस्करीमार्फत नेपाल ल्याउँदै गरेको काँटी इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो । काँटी तस्करीमा प्रयोग गरिएको ३ वटा साइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले साइकलसहित ३ बोरा काँटी (१ सय ५० किलो) बरामद गरेको छ । बरामद भएको सामानको मूल्य ७५ हजार रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.