माघ अन्तिम साता झापामा एन्फाकाे निर्वाचन 

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २१, सोमबार ०७:२५
माघ अन्तिम साता झापामा एन्फाकाे निर्वाचन 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यसमितिको निर्वाचनको प्रक्रिया अघि बढाएको छ । एन्फाले निर्वाचनको प्रक्रिया अघि बढाए पनि एन्फा कार्यसमितिका केही पदाधिकारी निर्वाचन प्रक्रिया गलत भएको भन्दै सरकारी निकाय धाउन थालेका छन् ।

झापामा अर्को महिना हुने भनिएको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रतिनिधिको नाम पठाउन सबै जिल्ला र सदस्य संस्थालाई‌ पत्राचार गरेको छ। एन्फाले निर्वाचन गराउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहमति लिनुपर्छ ।

तर, राखेपबाट निर्वाचनका लागि सहमति प्राप्त भइ नसके पनि एन्फाले निर्वाचनमा भाग लिन मताधिकार र अर्का प्रतिनिधिको नाम पठाउन पत्राचार गरिसकेको छ । पुस २८ गतेभित्र मताधिकार प्रतिनिधि तथा प्रतिनिधिको नाम एन्फा सचिवालयमा पठाउन भनेको छ ।

एन्फाका उपाध्यक्ष विराट जंग शाही, पूर्व राष्ट्रिय खेलाडीसहितको‌ टोलीले राखेप सदस्यसचिव रामचरित्र मेहतालाई भेटेर एन्फाको जिल्लासहितको निर्वाचनको वातावरण बनाइदिन आग्रह गरेका थिए । सदस्यसचिव मेहताले जिल्ला तहको निर्वाचनपछि मात्रै एन्फाको केन्द्रको निर्वाचन हुने र त्यसका लागि माघ २८ गते नै नहुन सक्ने बताएको भेटमा एक सहभागीले बताए ।

उनका अनुसार जिल्ला संघको निर्वाचन नभई केन्द्रको हुने छैन । यसमा तपाईंहरू प्रस्ट हुनु होला भनेर सदस्यसचिवले आश्वस्त पारेका छन् । त्यहीँ अनुरूपको पत्र एन्फामा पठाउने भनिएको छ ।

एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलग्गै सदस्यसचिव मेहतालाई भेटेर एन्फाको निर्वाचन हुँदा तहगत निर्वाचनको सुनिश्चितता हुनुपर्ने आफूले बताएको जानकारी दिए ।

एन्फाको विधान र परम्परा विपरीत पुस १६ गतेको कार्यसमितिको बैठकको बहुमतको आधारमा माघ २८ गते केन्द्रीय कार्यसमितिको निर्वाचन झापामा गर्ने निर्णय भएको थियो । वर्तमान कार्यसमितिको अवधि २०८३ असार ५ गते सम्म रहेको छ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×