पदक विजेता खेलाडीलाई खेल सामग्री

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २१, सोमबार १८:०१
पदक विजेता खेलाडीलाई खेल सामग्री

काठमाडौं । भारतको राँचीमा सम्पन्न साफ एथलेटिक्स च्याम्पियनसिपमा पदक ल्याउने नेपाली खेलाडीलाई खेल सामग्री प्रदान गरिएको छ ।

एथलेटिक्स परिवार नेपालको संयोजनमा भएको च्याम्पियनसिपमा नेपालका लागि पदकसहित राष्ट्रिय कीर्तिमान कायम गर्ने र उदयमान एथलेटिक्स खेलाडीलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले प्रोत्साहन स्वरूप बेलायतमा रहेको नेपाल रन युकेबाट प्राप्त खेल सामग्री प्रदान गरे ।

५ हजार र १० हजार मिटर दौडमा २ वटा कांश्य पदक र नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडी धादिङकी सन्तोषी श्रेष्ठ, लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्ने आर्मीका सलिम देवान, नेपाल प्रहरीकी सीमाकुमारी चौधरीसहित उदयमान खेलाडीहरू आर्मीका पूर्णलक्ष्मी न्यौपाने र निशा कार्की, गण्डकी प्रदेशकी नारायणी भण्डारी र बागमती प्रदेशकी मिङमार सिंह तामाङलाई खेल सामग्री प्रदान गरिएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×