नेपालको नयाँ जर्सी सार्वजनिक

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार २०:०१
नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमबीच विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो।

सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ।

क्यानले नेपाली क्रिकेट समर्थकहरूलाई ध्यानमा राख्दै जर्सीको मूल्य सुलभ बनाएको छ। समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।

जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गएको बताए ।

अध्यक्ष चन्दले विश्वकपको ट्रफीलाई नेपालका विभिन्न विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूमा  ‘ट्रफी टुर’ गराइने जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.