
काठमाडौँ। साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५७ हजार २ सय रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ। चाँदी तोलामा १५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ७ सय १६ रुपैयाँ कायम गरिएको छ।

























