नेपालसँग भुटान पराजित

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १८:११

पोखरा । पोखरामा जारी साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गरे भने भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन् । खेलको ३६औँ मिनेटमा सिर्जना बढुवालले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।

निर्धारित समय सकिन ११ मिनेट बाँकी रहँदा प्रजिता राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । ८८औँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई खेलमा फर्काउने प्रयास गरिन् । तर, नेपालले बाँकी समय दबाब झेल्दै जित सुरक्षित गर्‍यो ।

उत्कृष्ट प्रदर्शन गरेकी सिर्जना बढुवाल प्लेयर अफ दी म्याच घोषित भइन् । यसअघि भएको खेलमा बंगलादेशले भारतलाई २–० ले हराएको थियो ।

२ खेलपछि नेपालले पहिलो जित हात पार्दा भुटानले लगातार दोस्रो हार बेहोरेको छ । अब बुधबार भारत र भुटान तथा नेपाल र बंगलादेशबीच खेल हुनेछन् । शीर्ष २ टोली फाइनलमा प्रवेश गर्नेछन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.