एनसेलले थ्रीजी बन्द गर्दै, ‘भोल्टे’ सेवा सुरु 

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १९:०३
एनसेलले थ्रीजी बन्द गर्दै, ‘भोल्टे’ सेवा सुरु 

काठमाडौं । एनसेलले कोशी प्रदेशका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । एनसेलले सेवामा स्तरोन्नति गर्दै  ‘भोइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भविष्यको फाइभजी नेटवर्कका लागि आधार तयार गर्ने तर्फ लक्षित भएको जनाएको छ ।

देशैभर फोरजी नेटवर्क विस्तार भइरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनुले अझ उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा गुणस्तरीय ‘कनेक्टिभिटी’को अनुभूति गराउने कम्पनीले जनाएको छ । योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवाहरू अब फोरजीमा आधारित भोल्टेमा सारिने छ ।

एनसेलले गत वर्ष घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताएको छ । माघ २२ गते एनसेलले कोशी प्रदेशका झापा, धनकुटा र तेह्रथुम जिल्लाका तहमा थ्रीजी सेवा बन्द गर्दै छ । कम्पनीले यी क्षेत्रका ग्राहकलाई एनसेलको भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ ।

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुन्छ ।  ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्नेछन् । *१२३*११#  डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ।

फोरजी नेटवर्कमार्फत एनसेलले देशैभर भोल्टे सेवा प्रयोगमा ल्याइसकेको छ । भोल्टेमार्फत ग्राहकहरूले गुणस्तरीय भ्वाइसका साथै मोबाइल ब्रोडब्यान्ड सेवा हालकै शुल्कमा प्रयोग गर्न सक्छन् । एनसेलको फोरजी कभरेज देशभर झन्डै ९५ प्रतिशत जनसंख्या माझ पुगिसकेको छ र यही अनुसार भोल्टे सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.