
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा अप्रत्याशित र तीव्र वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा ऐतिहासिक उछाल आएको छ ।
एकैदिन सुनको मूल्य प्रतितोला १४ हजार ४ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । मूल्य बढेसँगै उपभोक्तालाई ठूलो आर्थिक भार थपिएको छ । नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा १ तोला सुन खरिद गर्न ३ लाख ४ हजार ७ सय रुपैयाँ खर्चिनु पर्नेछ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको मूल्यमा उतारचढाव कायमै छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र उतारचढाव, डलरको विनिमयदर र भूराजनीतिक तनावका कारण स्थानीय बजारमा समेत यसको प्रत्यक्ष प्रभाव परिरहेको व्यवसायीहरुको भनाइ छ ।

























