निर्वाचनमा ३१ अर्ब खर्च हुने अनुमान

Share this
822shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार ११:२४

नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले यसपटकको निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् ।

राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरूसँगको कुराकानीमा सरकारले निर्वाचन सम्पन्न गराउन ठूलो आर्थिक तयारी गरिरहेको बताइन् । उनका अनुसार निर्वाचनका लागि भौतिक साधनको व्यवस्थापन, सुरक्षाका प्रबन्ध, कर्मचारी परिचालनलगायत विभिन्न शीर्षकमा ठूलो खर्च भइरहेको छ ।

निर्वाचन सर्ने हल्लाबारे उठेको प्रश्नमा प्रधानमन्त्री कार्कीले निर्वाचन नसर्ने दाबी गरिन् । ‘चुनाव किन सार्नु ? ३१–३२ अर्ब रुपैयाँ खर्च भइरहेको छ । यो कुनै सानो रकम होइन,’ उनले भनिन्, ‘भौतिक साधनको अभाव पूर्ति गर्न, आवश्यक तयारी पूरा गर्न ठूलो खर्च भइसकेको छ । विभिन्न देशबाट सहयोग पनि आएको छ । यदि निर्वाचन नहुने अवस्था आएको भए त्यो सहयोग अर्कै क्षेत्रमा प्रयोग हुन्थ्यो ।’

प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन क्रियाशील रहेको बताउँदै जसरी पनि निर्वाचन हुने दोहोर्‍याइन् । उनका अनुसार नयाँ जनप्रतिनिधि चयन भएपछि वर्तमान सरकारले विधिवत् रूपमा सत्ता नयाँ सरकारलाई हस्तान्तरण गर्नेछ ।

कुनै स्थानमा असहज परिस्थितिका कारण निर्वाचन रोकिएमा दोस्रो चरणमा भएपनि चुनाव सम्पन्न गराइने प्रधानमन्त्रीको भनाइ छ । हिमाली जिल्लामा चिसोका कारण समस्या आएमा सवारीसाधन प्रयोग गर्न सकिने स्थानसम्म मतदातालाई ओसारेर भए पनि मतदान गराइने उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको भन्दै सुरक्षाका सबै आवश्यक तयारी पूरा गरिएको दाबी गरिन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.