नेप्सेमा सामान्य गिरावट: कारोबार रकममा भने उत्साह

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। साताको चौथो कारोबार दिन बुधबार बजार १.६४ अङ्कले घटेर २६८१.५० विन्दुमा पुगी बन्द भएको छ।

बजार समग्रमा ओरालो लागे पनि जलविद्युत र होटल समूहका चार वटा कम्पनीको सेयर मूल्यमा भने १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। कालिन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युत लिमिटेडको मूल्यमा उछाल आएको हो। अर्कोतर्फ, एचएलआई लार्ज क्याप फण्ड र रावा इनर्जीका लगानीकर्ताले भने आज करिब ४ देखि ५ प्रतिशतसम्म गुमाएका छन्।

आज कारोबार भएका १३ उपसमूहमध्ये वित्त (फाइनान्स) र जलविद्युत लगायत ६ उपसमूह बढेका छन् भने बैंकिङ र लघुवित्तसहित ७ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै ०.५३ प्रतिशतको गिरावट देखिएको छ।

बजार घटे पनि कारोबार रकममा भने राम्रो चहलपहल देखिएको छ। आज ३२६ कम्पनीका १ करोड ६६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा ८० करोड ७ लाख रुपैयाँसहित अपर तामाकोशी शीर्ष स्थानमा रह्यो भने एसवाई प्यानल दोस्रो स्थानमा रहन सफल भयो।

आज कुल ११३ कम्पनीको मूल्य बढ्दा १३४ वटाको घटेको छ भने १३ वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.