
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। आज नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० को विन्दुमा पुगेर बन्द भएको छ।
बजारमा आज कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ। दिनभर कुल ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा कुल २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ। ४ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
आज पाँचवटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ। कालिञ्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ। त्यस्तै, रिडी पावरको ९.९७ प्रतिशत र खानिखोला हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसैगरी राधी विद्युत् कम्पनीको ५७ करोड ५० लाख, एसवाई प्यानलको ५३ करोड ७४ लाख, आँखुखोला जलविद्युतको ४० करोड ५५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारपछि कुल बजार पुँजीकरण ४५ खर्ब ४७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने फ्लोट मार्केट क्यापिटलाइजेशन १५ खर्ब ४८ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

























