१५ बुँदे आर्थिक एजेन्डा: राजनीतिक दलहरूलाई विशेष अपिल

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार ११:२४

विराटनगर । आगामी आम निर्वाचन २०८२ का लागि मोरङ उद्योग व्यापार संघले राजनीतिक दलहरूलाई लक्षित गर्दै आफ्नो १५ बुँदे आर्थिक सुधारको एजेन्डा सार्वजनिक गरेको छ । संघले निर्वाचनका लागि दर्ता भएका करिब १३६ राजनीतिक दलहरूलाई पत्राचार गर्दै मुलुकको जर्जर अर्थतन्त्र उकास्नका लागि यी बुँदाहरूलाई अनिवार्य रूपमा आ–आफ्नो घोषणापत्रमा समावेश गर्न अपिल गरेको हो ।

हाल नेपालको अर्थतन्त्र नीतिगत अस्थिरता, खुला सिमानाबाट हुने अवैध कारोबार, उच्च सरकारी खर्च र कमजोर प्रशासनिक प्रणालीका कारण चरम दबाबमा रहेको संघको विश्लेषण छ । यी गम्भीर समस्याहरूको समाधान नभएसम्म देशको आर्थिक पुनरुत्थान सम्भव नभएको तीतो यथार्थलाई दृष्टिगत गर्दै संघले निर्वाचन अगावै दलहरूलाई सचेत गराएको हो ।

संघले अघि सारेका आर्थिक एजेन्डाहरूमा कृषि उत्पादकत्व बढाउन सहुलियत दरमा ऋण र समयमै मल तथा बीउको उपलब्धता सुनिश्चित गर्ने विषय प्राथमिकतामा छ । त्यस्तै पाँच वर्षभित्र वार्षिक एक करोड पर्यटक भित्र्याउने ठोस नीति ल्याउनुपर्ने र छिमेकी राष्ट्र भारतका सीमावर्ती नागरिकलाई लक्षित गरी आधुनिक शैक्षिक तथा स्वास्थ्य प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग गरिएको छ । सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गरी स्वदेशी उत्पादनको संरक्षण गर्ने र आत्मनिर्भर रहेका वस्तु उत्पादन गर्ने उद्योगहरूलाई विशेष प्रोत्साहन दिने नीति लिन पनि संघले आग्रह गरेको छ ।

औद्योगिक विकासका लागि सहुलियत दरमा नियमित विद्युत् आपूर्ति, पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन र निर्यातमुखी उद्योगका लागि समुद्री बन्दरगाहसम्म सहज पहुँचको व्यवस्था गर्नुपर्ने बुँदाहरू एजेन्डामा समेटिएका छन् । यसका साथै ठूला उद्योगलाई प्रोत्साहन, विराटनगर जस्ता सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण र उद्योग व्यवसायमा हुने अवाञ्छित गतिविधि रोक्न कडा सुरक्षा नीतिको खाँचो संघले औंल्याएको छ ।

कर्मचारी प्रशासनमा योग्यतामा आधारित प्रणाली लागू गर्ने, बजेटमा तोकिएको पुँजीगत खर्च समयमै सम्पन्न गर्ने र डिजिटल गभर्नेन्सका माध्यमबाट सरकारी खर्च २५ प्रतिशतले घटाउने जस्ता सुधारात्मक मागहरू पनि अघि सारिएका छन् । व्यवसायीहरूलाई समेत सामाजिक सुरक्षामा समेट्नुपर्ने र वर्तमान श्रम ऐनलाई उद्योगमैत्री बनाउन परिमार्जन गर्नुपर्ने विषयमा संघले जोड दिएको छ । यी एजेन्डाहरू कार्यान्वयन भएमा मात्र देशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना भई आर्थिक समृद्धि हासिल हुने विश्वास संघले व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.