सातौँ झापा गोल्डकप आजदेखि: उद्घाटन खेलमा झापा ११ र पुलिस क्लब भिड्दै

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २४, शनिबार १६:१०

बिर्तामोड । पूर्वी नेपालको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’ को सातौँ संस्करण आज शनिबारदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन्।

बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रादेवी महताराले एक भव्य समारोहबीच प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ भने फागुन ४ गते हुने समापन समारोहमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

प्रतियोगिताका अध्यक्ष केदारी गिरीका अनुसार यस पटक गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउन मैदान र प्यारापिट निर्माणलगायतका सम्पूर्ण तयारी पूरा गरिएको छ। करिब १० हजार दर्शक अटाउने गरी बाँसको प्यारापिट तयार पारिएको छ भने दर्शकको सुविधाका लागि प्लास्टिकका कुर्सी र कार्पेटको समेत व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए।

यस वर्षको प्रतियोगिता पूर्वअध्यक्ष स्वर्गीय विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको छ। बिर्तामोड नगरपालिका संरक्षक रहेको यस प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई यामाहाको मोटरसाइकल तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले नगद २५ हजार रुपैयाँ पाउनेछन्।

यस पटक नेपालका ए डिभिजन क्लबहरूसहित भुटान, भारत र मलेसियाका गरी कुल १० टोलीको सहभागिता रहनेछ। उद्घाटनका अवसरमा रंगशाला जग्गादाता स्वर्गीय डोमालाल राजवंशीको शालिक अनावरण गरिनुका साथै झापाका एक पुराना खेलाडीलाई सम्मान गरिने कार्यक्रम छ। साथै जग्गादाताकी छोरी सम्पत्ति राजवंशीलाई नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरिने कोषाध्यक्ष चन्द्रमणि कट्टेलले बताए।

दर्शकहरूका लागि समेत आकर्षक उपहारको व्यवस्था गरिएको छ। प्रत्येक दिन टिकट काट्ने दर्शकमध्येबाट गोलाप्रथाद्वारा एलइडी टिभी र एअरबड वितरण गरिनेछ भने फाइनलका दिन एकजना भाग्यशाली दर्शकले यामाहाको स्कुटर प्राप्त गर्नेछन्। करिब १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको यस प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.