टी–२० विश्वकप: इटालीमाथि स्कटल्यान्डको सहज जित

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १४:३३

काठमाडौँ। आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत सोमबार भएको खेलमा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ। भारतको कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार पारेको थियो।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा ८४ रन जोडे। उनले माइकल जोन्ससँग पहिलो विकेटका लागि १२६ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुवात दिलाएका थिए। जोन्सले ३७ रन जोड्दा ब्रान्डन म्याकमुलनले १८ बलमा अविजित ४१ र माइकल लीस्कले ५ बलमा अविजित २२ रनको महत्वपूर्ण योगदान दिए।

२०८ रनको लक्ष्य पछ्याएको इटाली १६.४ ओभरमा १३४ रनमा समेटियो। इटालीका लागि बेन मानेन्टीले ३१ बलमा ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि अन्य ब्याटर चल्न सकेनन्। इटालीका कप्तान वेन म्याडसेन फिल्डिङका क्रममा घाइते भएपछि ब्याटिङ गर्न सकेनन्, जसले टोलीलाई थप दबाबमा पार्यो। स्कटल्यान्डका माइकल लीस्कले बलिङतर्फ पनि चम्किँदै ४ विकेट लिएपछि उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×