बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै पाहुना टोली पोखरा सेमिफाइनलमा 

Share this
796shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २६, सोमबार १९:१८
बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै पाहुना टोली पोखरा सेमिफाइनलमा 

धरान । पाहुना टोली पोखराको लालीगुराँस एफसी आयोजकलाई हराउँदै २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरानमा जारी गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै पोखराले अन्तिम चारमा स्थान पक्का गरेको हो ।  खेलको निर्धारित समय ९० मिनेटमा दुवै टोली गोलरहित बराबरीमा खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

जसमा पोखराका राम थापा, टीकाराम गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुप र आशिष गुरुङले गोल गर्दै टोलीलाई विजयी बनाए । आयोजक धरानका विवेक राई, सविन राई, नगेन राई र प्रज्ज्वल थापाले गोल गरे भने दोर्जे तामाङले गोल गर्न चुकेपछि खेल पाहुना टोलीलाई सुम्पन्नु पर्‍यो ।

खेलको प्लेयर अफ द म्याच पोखराका कुम्बा देउवा भए । प्रतियोगिताअन्तर्गत मंगलबारको खेल काठमाडौंको सातदोबाटो युथ क्लब र झापा ११ झापाबिच हुने आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.